Indrenionline.com

पश्चिम दाङका १२ बिद्यालयमा औषधी वितरण

दिपक बोहरा

बाघमारे १५ जेठ । पश्चिम दाङका १२ वटा सामुदायीक बिद्यालयमा प्राथामिक उपचार सामाग्री र औषधी बितरण गरिएको छ । बिद्यालयमै प्राथामिक स्वास्थ्य उपचार गर्ने उदेश्यले आईतबार उपचार समाग्री र औषधी बितरण गरिएको हो ।

स्वास्थ्य चौकी बाघमारेको आयोजनामा विद्यालयका औषधी वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख हरि पुनले वताए । ‘ बिद्यार्थी सामान्य बिरामी भएकै कारण बिद्यालयको पढाई प्रभाबित नहोस भनेर हामीले प्रथामिक उपचारका लागि औषधी उपलब्ध गराएका हौं उनले भने । बाघमारे स्वास्थ्य चौकी र समाजमा वातावरणीय शिक्षाका बिकास सीडको समन्वय प्याड, सिटामोल, मिट्रो, जीवनजल, ब्रोफिन, कटन, गज, जीवी, एलबोन्जोललगायतका औषधी वितरण गरिएको प्रमुख पुनले जानकारी दिए ।

पुनका अनुसार पश्चिम दाङ साबिक बाघमारेको कालका प्राबि बिष्णुपुर, माबि सिमसुन्दुरपुर, निमाबि पेदा, माबि खिलतपुर, बसन्त लाङ्घाली ज्यामिरे, निमाबि बाघखोर, निमाबि पेदिखोला, निमाबि हरिचार, प्राबि पोखरी चौर, प्राबि सिम रातिपोखरी, अम्बिकेश्वर निमाबि अमुवा, मदरसा ज्याउला उलम प्रबि अमुवालाई औषधी तथा सामाग्री बितरण गरिएको हो । उक्त औषधी प्रयोगको लागि शिक्षकहरुलाई जानकारी गराईएको समेत पुनले बताए ।

त्यस अबशरमा सीडकी कार्यक्रम अधिकृत अनिता पोख्रेलले बिद्यालयमा छात्राहरु महिनावारी भएपछि प्रयोग गर्ने प्याड नहुँदा उनीहरुको पढाई प्रभाबित भएको भन्दै आफुहरुले प्याडलगायत सामाग्री सहयोग गरेको बताईन् । ‘ अझै पनि बिद्यालय छात्रा मैत्री छैनन्’ उनले भनिन्‘ छात्राहरु महिनावारी हुँदा उनीहरु पढाई छोडेर घरजानु पर्छ, यसैलाई मध्यनजर गरी प्याड सहयोग गरेका हौं ।’ यो सहयोग मात्रै नभई अभियानकै रुपमा लैजाने समेत बताईन् ।

बिद्यालयले आफैले छात्राहरुको शैक्षिक सुधारका लागि प्याड किन्नपर्ने आबश्यकता महशुस गराउन अभियानले मद्दत पुग्ने समेत बताईन् । त्यस अबशरमा बिद्यालयका शिक्षकहरुले बिद्यालयमा उपलब्ध बनाएको औषधी र सामाग्रीलाई सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मदरसा प्राबि अमुवाका शिक्षक अब्दुर सतार मिँयाले भने‘ बिद्यार्थीहरु सामान्य बिरामी हँुदा पनि स्वास्थ्य संस्थामा पु¥याउनु पर्दथ्यो भने छात्रा महिनावारी हुँदा बिद्यालय छोडेर घरमा बस्नुपर्ने बाध्यता हुँन्थ्यो, जसले गर्दा बिद्यार्थीको पढाईमा नकारात्मक प्रभाब परेको थियो ।’ उनले थपे अब प्राथामिक उपचारका लागि बिद्यालयमै औषधी र औजार उपलब्ध भएपछि सहज हुने भयो । अब ती बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु समान्य बिरामी भए, बिद्यालयमै उपचार हुने छ ।