गोविन्द खड्का
घोराही, १५ जेठ । भर्खर कक्षा शुरु भएको हुन्थ्यो, विदा माग्न केहि छात्राहरु अफिसमा आईपुग्थे । वालविकास माध्यामिक विद्यालय घोराहीका एकाउन्टेन्ट चा“दना हमालका अनुसार उनिहरु एउटा पिरीयड नपढेरै घर फर्किन्थे ।
यो तिन बर्ष अघि सम्मको समस्या हो । अघिल्लो बर्ष स्वच्छ नेपालको सहयोगमा विद्यालयमा प्याडको व्यवस्था गरीयो । प्रयोग भएको प्याडलाई नष्ट गर्ने छुट्टै खाडल बनाईयो । छात्रा शौचालय भित्रै बाट त्यो खाडलमा खस्नेगरी प्वाल बनाईएको छ । यहि सुविधाले गत शैक्षिक सत्रमा छात्राले विदा मागेनन् । ‘कहिले काहि असाध्यै पेट दुख्यो भन्ने आउछन्’ हमालले भन्नुभयो, ‘उनिहरुलाई अभिवावक बोलाएर घर पठाई दिन्छौ । महिनावारी भएकाले प्याड लैजान्छन् ।’
गेटवाट प्रबेश गर्दै स्वतः शरीर अनुशासनमा बाधिन्छ । चौर सफा चट देखिनु, विभिन्न संकेतहरुले एरो बनाएर भित्री संरचना देखाउनु, गमलाहरुमा फुलहरु सजिएको भेटिनुु, फोहर मलाई लेखिएका संरचना धेरै ठाउमा हुनुु, भद्रगोल र अस्त व्यस्त नभएको, विद्यार्थीहरु पनि आ आफ्नो काममा व्यस्त, शिक्षकहरु व्यफुर्सदिला देखिने । समग्रमा रहर लाग्दो दृश्यले बाध्छ । सरकारी विद्यालय भएर पनि संरचनाहरुले भित्रै देखि सम्मान र आदर सत्कारको भाव उत्पन्न गराउछन् । हजार बढि विद्यार्थी अध्ययन गर्ने विद्यालय क्षेत्र प्रशंसा नगरी रहन सकिन्न ।
खानेपानीको सुविधा प्रशस्त छ । दुई ठाउमा सामुहिक वालमैत्री धाराहरुको व्यवस्था गरिएको छ । एकै पटकमा धेरै जनाले पानी प्युन सकछन् । वोतलहरुमा पानी कक्षा कोठा सम्मै लैजान्छन् । शुद्धिकरणका बारेमा जानकारी दिदै श्रेष्ठले भन्नुभयो, ‘अक्वागार्ड हाल्न ला छु’ प्रयाप्तताका बारेमा थप्नुभयो, ‘पानी नपुग्दा टेकर बाट ल्याउछु । नत्र धाराको पानीले प्रशस्तै हुन्छ ।’ खानेपानी र शौचालय प्रयोगमा अभाव छैन । हरेक कक्षा कोठामा डस्टिविन भएकाले फोहर व्यवस्थापन हुन्छ ।
सो विद्यालयमा छात्राको लागी युरिनल सहित ६ कोठा शौचालय छन् । पुरानो शौचालय सहित छात्रका पनि ६ वटा कोठा छन् । दैनिक ४५ दिन ज्यालामा स्विपरले शौचालय सफा गर्छ । स्टाफको अटेज भएपनि पढाउन गएकालाई उतै शौचालयमा पस्ने भनिएको छ । दुई ठाउमा सामुहिक धारा छन् । सावुन भने देखिदैन्थ्यो । केहि शौचालय पछाडि खुला दिसा भेटियो । विद्यार्थीलाई दिसा गरेपछि प्रशस्त पानी हाली बगाउनु पर्छ भन्ने सिकाउन पनि आवश्यक देखिन्छ । त्यस बाहेक खोट लाउने ठाउ खास्सै भेटिन्न । ‘यति धेरै वाच गर्दा त कति गाहो हुन्छ ?’ प्रअ श्रेष्ठले भन्नुभयो, ‘यस पटक विद्यार्थी धेरै भएर फिर्ता गर्नुप¥यो । ठाउ नै छैन ।’ उहाका अनुसार एउटैमा ४५ जना जति विद्यार्थी राखिएको छ । वालविकासमा प्याड दिन थालेपछि छात्राले विदालिन छोडेका छन् । निजि विद्यालय छुटाएर अभिवावक भर्नागर्न ल्याउछन् ।