चितवन, १५ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । मत गणना अन्तिम चरणमा आइसकेको बेला सोमबार मध्यराती १ बजेर २० मिनेटमा मतगणना स्थगित भएको हो ।
यसैबीच चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थल प्रवेश गरी मतपत्र च्यातेको आरोपमा वाइसिएल जिल्ला अध्यक्ष मधु न्यौपाने र अर्का माओवादीका कार्यकर्ता दोर्ण सिवाकोटी पक्राउ परेका छन् ।
मतगणनास्थलमा प्रवेश गरी मतपत्र च्यातेको आरोपमा प्रहरीले बिहान साढे १ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच एमालेका कार्यकर्ता एवम् जिल्ला खेलकुद विकास समितिका सदस्य गंगा लामा मतगणनास्लबाहिरबाट फक्राउ परेका छन् ।