शंकर के सी
सल्यान, १४ जेठ । सल्यानको कपुरकोट गाउँपालिकाको शाशन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन गर्ने जस्ता जिम्मा रहने गाउंकार्यपालिकाले आइतबार पूर्णता पाएको छ । कपुरकोट गाउंपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा १४ सदस्यीय कपुरकोट गाउँकार्यपालिका गठन भएको हो ।
यस्तै ४ जना एमालेका महिला सदस्य निर्विरोध चुनीएका छन् । ललीता गिरी, कमला विक, भिमा भण्डारी, शान्ता ओली कार्यपालिकामा निर्विरोध चुनिएका हुन् । कार्यपालिका गठनमा अल्पसंख्यक वा दलित दुइ जना सदस्यका लागी भने आइतबार मतदान भएको थियो । जसमा पनि एमालेकै ठकविर कामी र यमुना नेपालिले १९÷१९ मत ल्याएर विजयी भएका छन् ।