
सिजन मिडियाद्धारा आयोजना गरिएको हिमालय ह्वाइट हाउस एसएलसी प्रिन्सेज प्रतियोगीतामा सहभागी प्रतियोगीहरुको विषेश आयोजनामा समाजीक सेवाको भावले आज काठमाडौंको सि डव्लु पार्टी प्यालेसमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा सम्पन्र्न भयो ।
उक्त कार्यक्रममा प्रतियोगीहरुले आफ्नो अभिभावक साथि तथा सडकमा रहेका वटुवाहरुको सहयोगमा ७० पिन रगत संकलन गरेका थिए । एसएलसी प्रिन्सेज प्रतियोगीताको अन्तिम फाइनल आगामी असार ३ गते प्रज्ञा भवनमा सम्पर्न हुनेछ ।