दाङ १३ जेठ । विभिन्न समयमा विभिन्न माग राख्दै लगातार अनसन बस्दै आएका डाक्टर गोबिन्द केसी आफ्नु १३ औं अनसन दाङमा बस्ने निधो गर्दै दाङ आइपुगेका छन् ।
सरकारले निर्णय गरेको एक प्रदेशमा एक सरकारी मेडिकल कलेजको अबधारणा अनुसार दाङ मा मेडिकल कलेज नबनेर बुटवल लैजाने तयारी भएको भन्दै डा. केसीले यसको बिरोध स्वरुप सरकारलाई दबाब दिन दाङ लाइ नै अनसन स्थल रोज्नुपरेको जानकारी दिए ।
प्रदेश नम्बर ५ मा बन्ने सरकारी मेडिकल कलेज दाङमा हुनुपर्ने माग गर्दै अनसन बस्न थालेका केसीले अहिले केहीबेरमै दाङ घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा अनसन बस्ने तयारी गरेका छन् । सोही अनुसार सरकारले घोराहीस्थित राप्ति उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने सहमति गरेको थियो।
