आभास बुढाथोकी
दुखजीलो घरगृस्थीका अनेकौ पिरलो छदै थिए । त्यसमा पनि श्रीमानलाई क्यानसनर । यो नियती भोग्ने घोराही उपमहानगरपालीका–१३ दुर्गा भावनी टोल निवासी राजकुमारी नेपालीलाई क्यानसर भएका उनका श्रीमान चन्द्रबहादुर नेपालीलाई उपचारका लागी कसरी पैसा जुटाउने भन्ने पिरले आजभोली निकै पिरोल्छ ।
राजकुमारीले तुलसीपुर चोकमा तरकारी बेचेकै पैसाले बिहानको साझको दुईछाक र जसोतासो घरखर्च चलाउदै आइरहेकी थिइन् । श्रीमान्लाई चार महिना अगार्डी क्यान्सर भएपछि उनको हेरचाहँ गर्ने घरमै बस्दा उहाँको त्यही एउटा आयश्रोतको बाटो नै बुझीयो । ‘एघार जनाको परीवार छ । घरमा कमाउने कोही छैन । कान्छो छोरा विहे गरेर छुट्यो । उनीभन्छीन्–‘ठुलो छोरा कहिले मजदुरी गर्छ । कहिले गिट्टी कुट्छ । खोलाको किनारमा बसेका छौ । बिहान साझ के खाने समस्या छ ,न गतिलोे वास छ । यस्तो अवस्थामा श्रीमान कसरी उपचार गर्ने ?
सरकारले क्यानसर भएकाहरुका लागी भनेर एक लाख सम्मको निःशुल्क व्यवस्था गरेपनि उपचारको नाममा रगत,केमु सुई र औषधीमात्रै पाएको उनले दुखेसो पोखिन् । ‘ऋीण काढेरै भएपनि श्रीमानलाई बचाउछु भनेर उपचारका लागी नेपालगञ्ज र चितवनका अस्पतालहरुमा पु¥याए । उनीभन्छीन्–‘उपचारखर्च देखी खानेबस्नेको लागी समेत खर्च हुदा ऋण काढेका पैसा समेत सकियो । अब कसरी उपचार गराउने होला ?’
न आफ्नै नामको घरजग्गा,सम्पती छ,, न कुनै आयश्रोत, तर पनि उनले जसरी भए पनि श्रीमानलाई बचाउछु भन्ने अठोट लिएकीछीन् । तर उपचारका लागी कहाँबाट पैसा जुटाउने उनी अन्नयोलमा छिन् । बरु बिहान,साझ के खाने र वर्षायाममा खोला घरसम्म आएपनि कसरी बसौला भन्ने बरु उनलाई कुनै प्रवाह छैन । बरु आफ्नो जीवनसाथीलाई कसरी बचाउने भन्ने उनलाई निकै चिन्ता छ ।
जीवनभर गरेको मजदुरीको शाररीक पिरले बरु उनलाई त्यती पिरोलेको थिएन जती आज श्रीमान्लाई कसरी बचाउने भन्ने मानिसीक पिरले दिनरात पिरोल्छ । कहिलेकाही त उनलाई आफ्नो जिवन देखी निकै उदेक लागेर आउछ । ‘आफ्नै अगाडी श्रीमान्लाई रोगले ओछ्यानमा थला पर्दा समेत उपचार गराउन सकेकी छैन । ऋर्ण दिने, सहयोग गर्ने पनि कोही छैनन् ।’–उहाँभन्नुहुन्छ–‘हामी गरीबका को नै हुदा रहेछन् र ?’
‘जिवनका हरेक दुखसुखमा यी नै श्रीमान्साहारा बने । भोली छोराछोरी हुर्केर आफ्नो बाटो लाग्लान् । अनी श्रीमान् नै नभए म कस्सो सहारामा बाच्ने ? ‘तर कसरी बचाउँने ? सहयोग गर्ने कोही छैन । चिने जानेकोे ठाँउ पनि कतै छैन’–उनीभन्छीन्– गणतण्त्र, लोकतण्त्र आयो भन्थे खै हामीले के पायौँ । डाक्टरले अझै उपचराका लागी एक लाख लाग्छ भनेका छन् । बिरामी हुदा पनि उपचार समेत गर्ने नपाएरै मर्ने भयौ कसैले सहयोग गरे मेरा श्रीमान बाँच्ने थिए ।’
