दाङ १२ जेठ । डा गोविन्द केसी आफ्नो ११औँ अनशन दाङमा बस्ने भएका छन्। डा. केसीले यसअघि नै आफ्नो ११औँ अनशन जेठ १३ गते शनिबारदेखि बस्ने घोषणा गरिसकेका छन् । शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया गरिरहेका डा.केसी शल्यक्रिया सकेर दाङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। डा. केसीले दाङमा अनशन बस्ने स्थान भने गोप्य राखेका छन्।
ुसहमति अनुरुप नै स्वास्थ्य मन्त्री गगन थापाले राप्ति उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने विधेयक तयार पारेका थिए,ु डा.केसीका सहयोगी डा। सुमन आचार्यले भने, ुतर, राजनीतिक दबाब र चलखेलका कारण बुटबलस्थित लुम्बिनी अञ्चल अस्पताललाई ५ नम्बर प्रदेशको सरकारी मेडिकल कलेज बनाउने तयारी अघि बढेपछि डा। केसीले अनशनका लागि दाङ रोज्नु भएको हो।ु
डा. आचार्यले स्वास्थ्य सेवाका हिसाबले पछाडि परेका रुकुम, रोल्पा, सल्याल, प्युठान लगायतका जिल्लाका बासिन्दालाई दाङ पायक पर्ने भएकाले डा. केसीले दाङमै मेडिकल कलेज स्थापना हुनुपर्ने माग गर्दै आएका हुन्।