काठमाडौं, १२ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
जेठ १३ गते सबै स्थानीय तहमा मसाल जुलुस गर्ने
१४ गते लाठी जुलुस प्रदर्शन गर्ने
१५ गते गणतन्त्र दिवसको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने
१६ गते स्थानीय तहका निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने
१७ गते मलास जुलुस निकाल्ने
जेठ १८ र १९ गते थरुहट र मधेस बन्द गर्ने निर्णय