काठमाडो, १२ जेठ । निर्वाचन आयोगले व्यवस्थापकीय तयारी गर्न समय लाग्ने भएकाले सरकारबाट थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नभएको स्पष्ट पारेको छ । आयोगले तोकिएको समयमै दोस्रो चरणको निर्वाचन ४६१ स्थानीय तहमा गराउने प्रतिबद्धता र दृढता व्यक्त गरेको छ ।
बैठकपछि प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकारले सोमबार थप गरेको स्थानीय तहमा जेठ ३१ गते निर्वाचन हुन प्राविधिक रूपले सम्भव नहुने उल्लेख छ । गोरखापत्रमा समाचार छ । आयोगले सरकारले राजपत्रमा प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार जेठ ३१ मा निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह पनि
गरेको हो ।
परिवर्तित गाउँपालिका र नगरपालिकाको वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न समय लाग्ने भएको तर मतदाता नामावली जेठ १५ मा निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्नुपर्ने भएकाले थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुन नसक्ने जनाएको छ ।
मतदाताको परिवर्तित ठेगानाअनुसार मतदाता परिचयपत्र छपाइ गरी जेठ २७ गतेसम्ममा सम्बन्धित मतदान केन्द्रमा पु¥याउनुपर्नेमा थप गरिएका स्थानीय तहमा जेठ १५ गतेसम्म आवश्यक सामग्री पु¥याउन प्राविधिक रूपले सम्भव नहुने आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।