काठमाडौं, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिदा सम्बोधनमा आउने त्यतिखेर आउने सरकारलाई विभिन्न प्रश्न गरेका थिए । विशेष गरी सबैको चासोको विशषमा रहेको फास्ट ट्रयाक (दुर्तमार्ग) चीनको ‘बेल्ट एन्ड रोड’ ओबीआर र हुलाकी राजमार्गको योजनाका बारेमा अविश्वास प्रस्तुत गर्दै प्रश्न गरेका थिए ।
सम्बोधनमा उनले भनेका छन्, ‘फास्ट ट्रयाकलाई लिएर त सरकारमाथि नियोजित दुष्प्रचारको अभियान नै चलाइयो । आज म यो सम्बोधनबाट जवाफ दिँदै छु, अहिलेसम्म केवल राजनीतिक दाउपेचको विषय भएको र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्रयाक अब बन्ने ग्यारेन्टी भयो । राजधानी र तराईबीचको दू्रत मार्ग अब सुनिश्चित भयो । केही दिनमै म त्यसको शिलान्यास गर्दैछु र नेपाली सेनाले बनाउँदै छ ।’