काठमाडौं, ९ जेठ । स्थानीय तह संख्या थप गरेकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सहमतिबिनै स्थानीय तह संख्या बढाइएको भन्दै आपत्ति जनाएका हुन् ।
तर बैठकमा प्रधानमन्त्री प्रचण्डले भने मधेसी दललाई समेत सहभागि गराएर जेठ ३१ को चुनाव सम्पन्न गराउन स्थानीय तह संख्या बढाइएको भन्दै विरोध नगर्न ओलीसँग आग्रह गरेका थिए ।