काठमाडौं, ८ जेठ । गणतन्त्र दिवस मुल समारोह समितिको बैठक सोमबार बिहान गृह मन्त्रालयमा सम्पन्न भएको छ ।
पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको प्रधानमन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको छ । सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहेको छ, निर्वाचन सम्पन्न गरेर देशलाई राजनीतिक स्थीरता र समृद्धिको बाटोमा लैजान सरकार गम्भीर छ ।’
बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ ।