ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन ।
शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन ।
त्यसगरी फर्स्ट रनर अपमा रोशिक थापा, सेकेण्ड रनरअपमा सेलिना महर्जन र थर्ड रनरअपमा रुबी कक्षपतिले उपाधि हात पार्न सफल भएका थिए ।
कार्यक्रमको कोरियोग्राफर नमिता भण्डारीले गरेकी थिइन् । नब प्रतिभाहरुलाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराई तथा एस ई ई एक्जाम दिएर बसेका बिध्यार्थीहरुलाई व्यबसायी मोडल बनाउन आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष सावित्री ढुंगानाले बताइन ।
उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, समाजसेवी रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र मेकअप आर्टिस्ट टेकराज पाण्डे रहेका थिए ।