काठमाडौं, ७ जेठ । पहिलो चरण अन्तरगत बैशाख ३१ गते चुनाव हुन नसकेको कालिकोटको नरहरिनाथ गाउँपालिका र दोलखाको मेलुङ गाउँपालिकामा आज मतदान हुँदैछ ।
यस्तै सिन्धुपाल्चोक, हुम्ला र कालिकोटका एक एक वटा गाउँपालिकामा पनि पछि मतदान भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती, हुम्लाको खार्पुनाथ र कालिकोटको कालिका गाउँपालिकामा ढिलो मतदान भएको अन्तिम परिणाम आउन ढिलाई भएको हो ।