ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय एबं राजयोग प्रशिक्षण केन्द्रको १३औं बार्षिक उत्सब सम्पन्न
केशरमान बुढाथोकी
इन्द्रेणी संवाददाता
लमही जेठ २२ गते। ब्रम्हकुमारी ईश्वरीय बिश्वबिधालय एबम राजयोग प्रशिक्षण केन्द्र लमहीको १३औ बार्षिक उत्सब आज लमहीमा सम्पन्न भएको छ । केन्द्रका राप्तिअचल निर्देशक गिता दिदिको अध्यक्षता तथा नेपाली काग्रेशका रेशम बहादुर खड्काको प्रमुख आतिथ्यता र एमालेका रेवति रमण शर्मा र नागरिक समाज देउखुरीका सयोजक निम बहादुर थापाको बिशिष्ट आतीथ्यतामा सम्पन्न कार्यक्रममा बोलने बक्ताहरुले ब्रम्कुमारी ईश्वरिय बिश्वबिधालयले आध्यात्मिक चिन्तनबाट मानिसको ब्यक्तीत्व र समाज रुपान्तरणमा खेलेको भुमिकाको प्रशसा गरेका थिए । केन्द्रका लमही शाखा प्रमुख ब्रम्हकुमारी उमाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपालीकाग्रेश लमहीका ईकाई शभापति नेत्र सिह ठकुरी, छबिलाल कोपिला, लगाएतले बोल्नुभएको थियो । शिबराज महतराले बिषय प्रबेश गराउनुभएको कार्यक्रमको सचालन ब्रम्हकुमार सागरले गर्नुभएको थियो । नेपाल अटोमेकानिक ईलाका कमिटि लमहीको आयोजनामा आज जखेरा नामक पुस्तकको जखेरातालमा लोर्कापण गरिएको छ । ईलाका कमिटि लमहीका अध्यक्ष केशब चौधरीको अध्यक्षता तथा नेपाल अटोमेकानिकलका केन्द्रीय अध्यक्ष कमला तामाङको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तामाङले पुस्तकको लोकार्पण गर्नुभएको थियो । सो अबसरमा बोल्ने बक्ताहरुले अटोमेकानिक्सहरुको सक्रियतामा प्रकााशित पुस्तक र त्यसमा समेटिएका बिषय बस्तुहरुले आमनागरिकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने कुरामा जोड दिनुभएको थियो । बिमोचित कृतिको देउखुरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुधिर अधिकारी र पत्रकार शिबराज पथिले समिक्षा गर्नुभएको थियो । अटोमेकानिक्सका सल्लाहकार समितिका सदस्य गोरा चौधरीको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रममा राप्ति साहित्यपरिषदका पुरुषेत्तम खनाल, एमालेका केन्द्रीय सदस्य मेठ मणि चौधरी, लगाएतले बोल्नुभएको थियो ।