काठमाडौं,६ जेठ । नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार नै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । साथै जेठ १५ मा कामचलाउ बजेट ल्याइने बताए ।
सत्ता हस्तान्तरणले दोस्रो चरणको चुनावलाई असर नगर्ने भन्दै उनले भने, ‘कांग्रेससँग मेरो सहमति भएको छ । त्यो सहमति भन्दा एक दिनपनि बढी बस्दिनँ । सत्ता हस्तान्तरण हुन्छ ।’तर, दोस्रो चरणको चुनाव सुनिश्चित नभएसम्म सरकार परिर्वतन नहुने उनले बताए ।
माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आगामी जेठ १० गते राजीनामा दिने सम्भावना छ । यो सरकार गठनका क्रममा नै कांग्रेस र माओवादीबीच ९र९ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
सहमति अनुसार चैत असन्तमा नै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाललाई सत्ता हस्तान्तरण गर्नु पर्ने हो । तर, स्थानीय चुनाव बैशाख ३१ लाई सरेपछि प्रचण्ड सरकारको कार्यकाल लम्बिएको छ । प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको चुनावपछि राजीनामा दिने बचन दिएका छन् । अनलाइन खबरबाट
