रबिन्द्र यादव
परासी ५ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ । उँहाले प्रयोग गर्नुहुने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्ति भई छेउमा रहेको केही रुख र बांसको कोठीमा ठोक्किदा दुर्घटना आज बिहान दुर्घटना भएको हो ।
साना ग्रभेलका कारण गाडि अनियन्त्रित भएको प्रत्यक्ष दर्शिहरुले बताएका छन् । दुर्घटनामा परी ३५ वर्षिय चालक अंसारी सामान्य घाईत्त भई सदरमुकाम परासीमा उपचाररत रहेका छन् । दुर्घटना स्थल उँहाको निवाश महेशपुरवाट करीब २ किलोमिटर उत्तरमा रहेको छ ।