जनकपुरधाम, ४ जेठ । धनुषा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ५५ लाख रुपैयाँ नगदसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुमा रघुनाथपुर ४, धनुषाका महादेव राउत, विष्णुदेव राउत, रोशन कुमार महरा र एकराही १ का अरुण दास तथा सबैला २ का विन्देश्वर राउत रहेका छन् ।
पाँचै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइने धनुषाका प्रहरी नायब उपरिक्षक मनोज कुमार यादबले बताए । उनीहरुबाट प्रहरीले ५५ लाख नगद, ५ थान ल्यापटप, १० थान मोबाइल र फाइलहरु बरामद गरेको छ ।