जेठ ४, काठमाडौं । पहिलो चरणको स्थानिय निर्वाचन सकिएर धमाधम मतपरिणाम आइरहेका बेला तराइ केन्द्रित राष्ट्रिय जनता पार्टीले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्न सत्तारुढ घटकहरुसमक्ष प्रस्ताव गरेको छ ।
निर्वाचन सार्ने विषयमा शेर बहादुर देउवा र पुष्पकमल दाहाल सकारात्मक भएपनि पार्टीका अन्य नेताहरुले भने निर्वाचन सार्न नसकिने प्रतिक्रिया दिएका छन् ।