रुकुम, २ जेठ। रुकुमको सानीभेरी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका नरबहादुर पुन निर्वाचित भएका हुन् ।
त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकै इन्दिरा वली ४ हजार ६ सय ६१ मतसहित विजयी भएकी छन् । सानीभेरी गाउँपालिकाका जम्मा ११ वटा वडामध्ये १० वटा वडामा माओवादी केन्द्र र एउटा वडामा कांग्रेसले जितेको छ ।