Indrenionline.com

माओवादी र एमाले पाँच/पाँच र कांग्रेसको चार स्थानमा जीत

काठमाडौं, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणन जारी छ । अहिलेसम्मको मत परिमाणअनुसार नेकपा माओवादी केन्द्रले विभिन्न पाँच स्थानमा प्रमुख जीतेको छ भने नेकपा एमालेले पनि पाँच स्थानमा प्रमुख हातमा लिएको छ । तर दोस्रो संविधान सभाको ठूलो दल नेपाली काग्रेसले भने चार स्थानमा प्रमुख जितेको छ ।

त्यस्तै एक स्थानमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । अहिलेसम्म नेपाली काग्रेस अग्रस्थानमा छ । काग्रेस ६३ स्थानमा अग्रता कायम राखेको छ भने नेकपा माओवादी केन्द्रले ३२ र नेकपा एमालेले ७२ स्थानमा अग्रता कायम राखेको देखिन्छ ।

विशेष गरी राष्ट्रकै चासोको विषयमा रहेका पोखराको लेखनाथ महानगरपालिकामा शुरुदेखि नै नेकपा एमालेले अग्रता कायम राखेको छ भने । चितवनको भरतपुरमा अहिले रेणु दाहालले अग्रता कायम लिएकी छिन् । यी स्थानमा माओवादी केन्द्र र नेपाली काग्रेुले चुनावी तालमेल गरेको थियो ।

नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ

 माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ