चितवन, २ जेठ । माओवादी केन्द्रकी नेत्री तथा भरतपुर महानगरपालीका की मेयर पदकी उम्मेदवार रेणु दाहालले भरतपुरमा अग्रता लिएकी छिन । चितवनको भरतपुर नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भए अनुसार नेत्री दाहालले ४४७ मत लिएर अग्रता लिएकी छिन भने एमालेका देवी ज्ञवालीले ४१८ लिएर उनलाई पछ्याई रहेका छन् । दिनभरी विवाद भएर साँझपख बाट मतगणना सुरु भएको भरतपुरमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो भने एमाले एक्लै भिड्यो ।
