रुकुम, १ जेठ । रुकुममा अधिकांश गाउँपालिका र नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मत परिणमअनुसार रुकुमका १३ वटा वडामा माओवादी केन्द्रको प्यानल नै विजयी हाँसिल गरेको छ ।
त्यस्तै रुकुमको सानीभेरी गाउँपालिका वडा नं .१,२,३,४ वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । चौरजहारी नगरपालिकाको वडा नं. १४ र बाँफिकोट १ मा पनि माओवादी केन्द्रको प्यानल नै विजयी बनेको हो
मुसिकोट नगरपालिकामा भने काँग्रेसले अग्रतासहित वडामा विजय हासिल गरेको छ। मुसीकोट १,२ र ३ बाट नेपाली कांग्रेस विजयी बजेको खवर छ ।