तुलसीपुर १ जेठ । तुलसीपुर ७ वम्नैमा रहेको पब्लिका ज्ञानज्योति माविले असहाय वालवालिकालाई निशुल्क शिक्षा दिने भएको छ । विजौरीमा रहेको असहाय वालवालिका सहयोग नेपालमा रहेका १३ जना वालवालिकाहरुलाई स्कुल वसको सुविधा सहित विद्यालयले अध्यापन गराउने भएको हो ।
विभिन्न जिल्लाबाट आएका वालवालिकाहरु विजौरीमा रहेको असहाय बालबालिका सहयोग नेपालमा आश्रय लिइरहेको सस्थाका अध्यक्ष विष्णु चौधरीले वताउनु भयो । चौधरीले पब्लिक ज्ञानज्योतिले विद्यार्थीहरुलाई निशुल्क अध्यापनको जिम्मेवारी लिएर सामाजिक दायित्व पुरा गरेकोमा आभार समेत व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन वसन्त विवश आचार्यले गर्नुभएको थियो ।