जेठ १, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच छलफल सम्पन्न भएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल भएको थियो ।
बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरद शिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव संलग्न हुनुहुन्थ्यो