रबिन्द्र यादव
परासी २९ बैशाख । नवलपरासीका सरावल गाँउपालिका स्थित ( साविक बडहरा दुबौलिया १ ) मा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्य सकिने भनिएको पुल आठ वर्ष पुग्न लाग्दा पनि निर्माण सम्पन्न नहुदा सो क्षेत्रका मानिषहरुलाई नदि पार गर्न समस्या भएको छ ।
सुरुमा निर्माण कामको जिम्मा लिएको शितल कन्सट्रक्सन कम्पनिले कहिले भुकम्पको नाममा त कहिले नाकाबन्दी र बिभिन्न आम हडतालको नाममा बहानाबाजी गर्दै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएको थियो । उक्त कम्पनीले काम गर्दा सो क्षेत्रका बिभिन्न पसलहरुवाट उधारमो निर्माण समाग्रिहरु लिएको र धेरै दिनसम्म भुक्तानी नगरकाले साहुहरु त्यँहा राखिएको मिक्सचर , छड , ट्रेक्टर र अन्य निर्माण समाग्रिहरु जफत गरेका थिए । जस्का कारण निर्माण कार्य करिब २० महिना सम्म अलपत्र परेको थियो । अहिले काम गरीरहेको बिल्डर्स कम्पनी भैरहंवाका सञ्चालक बिष्णु शर्माले असाढ मसान्त सम्म ८० प्रतिशत काम पुरा गर्ने किसिमले काम भईरहेको बताउनु भयो । ६ वटा पिलर रहेको उक्त पुलमा अहिले बिचकै पिलर ढलान गरी फिक्स गर्न सकिएको छैन ।
के भन्छन् स्थानीय ?
२ ) अकबर खान : अकबर एक समाजसेवी एंव यातायात ब्यसायि हुन् । उनले भने , ू यो पुर्व मन्त्री ,गृहराज्य मन्त्री , रक्षा राज्य मन्त्री , अत्याधिक मतले बिजयि भएका सांसद र धेरै स्थानीय नेता भएको यो क्षेत्र हो , झरही खोलाको पुल ८ वर्षवाट अलपत्र छ , मलाई लाग्छ यँहाका नेताहरुले ध्यान नदिएकै हो , कम्तीमा अब त ध्यान दिनु पर्यो नेता ज्युहरुले । ’’
३ ) साबिर शेष : शेष एक ब्यापारी हुन् । लाखौं मान्छेको आवतजावत रहेको भारतीय बजार ठुठिबारीमा शेषपनि सोही वाटो भएर दैनिक कम्तीमा दुई चोटी जानु हुन्छ । उनले भने, हामीलाई सबैभन्दा समस्या भनेको नदिमै हुन्छ , नदिमा बाटोपनि खराब , बर्षाको मौषममा हामी जस्ता हजारौं ब्यापारीलाई खत्तरा मोलेर भएपनि जोखिम डुङ्गा यात्रा गर्नु गर्नुपर्छ ,जिवन निर्वाह गर्नका लागि त ब्यपार गर्नै पर्यो ” ।
३ ) अब्दुल रज्जाक : रज्जाक ब्याचरमा पढ्ने विद्यार्थि हुन् । उनि भन्छन् , कक्षा ५ मा पढ्दानै त्यो पुलको शिलान्याश भएको अझै याद छ , ब्याचलरमा पुगे अहिलेपनि करीब ५० प्रतिशत मात्रै निर्माण भएको देख्छु , सानो छदा बर्षातमा जोखिम डुङ्गा यात्रा गरेर पढ्न जान्थे र अहिलेपनि जोखिम नै मोलेर हजारौं बालबालिका अध्ययन तथा अन्य कार्यका लागि डुङ्गावाट जानुपर्ने बाध्यता छ ।