एजेन्सी । युक्रेनको राजधानी किभमा ड्युटी गर्दै आएकी एक महिला प्रहरी अधिकारीको मृत्यु भएको छ । एकजना चोरले थुकेका कारण नौ महिनापछि उनको मृत्यु भएको हो ।
चोरले अत्तिएर थुकेको थुक एरिनाको मुखमा लाग्यो । चोरलाई जेलमा हालेर मुद्दा चलाइयो । एरिना आफ्नो दिनचर्यामा फर्किइन् ।
केही समयपछि उनलाई टाउको दुख्ने, जीउ सुन्निनेलगायत समस्या देखिन थाले । तैपनि उनी ड्युटीमा गइरहिन् । साह्रै अप्ठ्यारो भएपछि उनले डाक्टरकोमा गएर जाँच गराइन् । उनलाई टीभी लागेको रहेछ ।
पक्राउ परेको चोरलाई पनि असाध्य खालको टीभी लागेको थियो । उसको थुक एरिनाको मुखमा परेपछि उनलाई टीभी सरको हो । शुक्रबारबाट