काठमाडौं, २८ बैशाख । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण सुरु गरेको छ।
आयोगले केन्द्रबाट आफ्नो मतदाता परिचयपत्र लिन सबै मतदाताहरुलाई अनुरोध समेत गरेको छ ।
परिचय पत्र मतदान केन्द्रमा खटिएका मतदान टोलीबाट प्राप्त गर्न सकिन्छ। निर्वाचनमा आफ्नो मत जाहेर गर्नका लागि मतदाता परिचयपत्र अनिवार्य रहेको छ।