काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुरक्षा सक्रियताका कारण निर्वाचनकाक्रममा घटना कम भएको बताएका छन् । कतिपय राजनीतिक दलले तोडफोड गर्ने घोषणा गरेको अवस्थामा पनि सुरक्षानिकायले सक्रियता देखाएका कारण त्यस्ता घटना कम भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगको सक्रियताका कारण चुनावको उत्साहपूर्ण वातावरण बनेको भन्दै आयोगको प्रशंसा गरे । ‘निर्वाचन आयोगले निरन्तर मेहनेत नगरेको भएवातावरण अहिलेजसरी उत्साहपूर्ण हुने थिएन, आमजनतामा जसरी विस्वास पैदा भएको छ, त्यो संभव थिएन’उनले भने । प्रधानमन्त्री प्रचण्डले यति हुँदाहुँदै पनि कतिपय घटना घटेको भन्दै निर्वाचनको क्रममा घटेका घटना गम्भिर रुपमा हेर्ने विश्वास व्यक्त गरे ।