सिराहा, २८ वैशाख । सराहस्थित लहानको यातायात व्यवस्था कार्यालयभित्र बम बिष्फोट भएको छ । बिहीबार आज बिहान कार्यालयको एक तलामाथि रहेको शौचालयभित्र बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
कार्यालयको झ्यालको शिशा, शौचालयको भित्ता र ढोकामा क्षति पुगेपनि कुनै मानवीय क्षति भने भएको छैन ।