काठमाडौं, २८ बैशाख। राष्ट्रपति विद्यादेवि भण्डारीको आसन्न श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा प्रमुख दलका नेताहरुबीच छलफल भएको छ ।
सो बैठकमा प्रधानमन्त्री, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, एमाले उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव, राजपा नेपालका नेता महन्थ ठाकुर सहभागी हुनुहुन्थ्यो ।