काठमााडौं, २७ वैशाख । विदेशी मुद्रासहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोली बुधबार दिउँसो नागढुङ्गाबाट विभिन्न आठ देशको मुद्रासहित ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
यो रकम नेपाली रुपैयाँ चार करोड ७५ लाख बराबर हो । उनीहरु पर्यटन गाडीमा चढेर केरुङ नाका हुँदै चीन जान लागेका वेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । २५ जना सवार गाडीमा अन्य १९ जना भने दोषी नदेखिएकाले दूतावासको जिम्मा लगाएको महानरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।