काठमाडौं, बैशाख २३ – पूर्व युवराज्ञी हिमानी शाह सासू कोमल शाह र छोरी पूर्णीकासँग ‘बाहुबली टु’ हेर्न हलसम्म पुगेकी छिन् । शुक्रबार बेलुका विकेन्ड मनाउने हिसाबले हिमानी सुन्धारास्थित सिटिसी मलमा उक्त फिल्म हेर्न पुगेकी हुन् ।
पूर्व शाही परिवार फिल्म हेर्न हलसम्मै पुगेको खबर योभन्दा पहिले सार्वजनिक भएको छैन । विश्वभरी ९ हजार स्क्रिनमा गत शुक्रबार रिलिज भएको यो चलचित्रले एक हप्ताभित्रै ८ सय ६० करोड भारुको कमाई गरेसँगै भारतीय सिनेमाको नम्बर १ ‘ब्लकबस्टर’ बनेको छ ।
तस्बिरः राजकुमार थापा / रातोपाटीबाट