काठमाडौं २३ वैशाख । स्थानीय तहको निर्बाचनबाट चुनिएका स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ । ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन ।
मासिक तलब
महानगरपालिका प्रमुखः ६० हजार
उपप्रमुखः ५० हजार
वडाअध्यक्षः ३० हजार
उपमहानगरपालिका प्रमुखः ४५ हजार
उपप्रमुखः ४० हजार
वडाअध्यक्षः २५ हजार
नगरपालिका प्रमुखः ३० हजार
उपप्रमुखः २५ हजार
वडाअध्यक्षः २० हजार
गाउँपालिका प्रमुखः २५ हजार
उपप्रमुखः २० हजार
वडाअध्यक्षः १५ हजार
बैठक भत्ता १ हजार
नयाँ पत्रिकाबाट