काठमाडौं, २१ बैशाख । प्रधानन्याधीस सुशीला कार्कीलाई महाअभियोग लगाउने क्रममा आफूलाई बेवास्ता गरिएको भन्दै राजिनामा दिएका गृहमन्त्री बिमलेन्द्र निधि पुनः मन्त्रालय फर्किने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किन सहमत गराएका हुन् ।
आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्न दवाब दिएकोमा पनि देउवासित निधि रुष्ट भएका थिए। यति मात्र होइन, कमल थापालाई वरियतामा दोस्रो स्थान दिएकोमा पनि प्रधानमन्त्री दाहालसित असहमत थिए। हिजोको छलफलपछि निधि मन्त्रिपरिषदको दोस्रो वरियतामा रहने सहमति भएको पनि बताइएको छ।