Indrenionline.com

धादिङमा एमालेकी उम्मेदवारले गरिन आत्महत्या

धादिङ, २० बैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका एमाले उम्मेदवारले आत्महत्या गरेकी छिन् ।

मंगलबार धुनीबेसी नगरपालिका– ३ बाट दलिततर्फ महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

पहिला माओवादी भएपनि २०७० सालमा एमालेमा प्रवेश गरेकी मिजारले आफुलाई विभिन्न बाहनामा दबाब आइरहेको बताउदै आएकी थिइन् ।