काठमाडौं, २० बैशाख। महेन्द्रनगरको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्र बुभ्mदै प्रधानमन्त्रीले भन्नुभयो, ‘प्राविधिक शिक्षा हाम्रो विकासको महत्वपूर्ण आधार हो । हाम्रा बहुमूल्य जडीबुटीहरु सस्तो मूल्यमा विदेशी बजारमा गइरहेका छन् । तिनीहरुको नेपालमै प्रशोधन र औषधि उत्पादन गर्नैपर्छ । त्यसका लागि पनि देशैभरी आयुर्वेद कलेजहरु स्थापना गर्न जरुरी छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आयुर्वेद कलेजको स्थापना गर्न मेरो तर्फबाट पहल हुन्छ ।’