बैशाख १९, काठमाडौं । मंगलबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले बस्न्यातलाई प्रमूख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।