दाङ १८ बैशाख । दाङको दुधरासमा जलेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उप–महानगरपालिका १८ दुधरासको मनिकापुरमा रहेको बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी अन्दाजी ६५ बर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरमा आगो सल्किएपछि आगो निभाउन घर भित्र कोही पनि प्रबेश गर्न सक्ने अबस्था नरहेकोले गुरुङलाई जिबितै बाहिर निकाल्न नसकिएको स्थानियले बताए । आगोले घर भित्रका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् ।