माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु । गर्मी मौसम वढे संगै आगलागिका घटना पनि वढ्दै गएका छन । कपिलवस्तुमा एक महिना नवित्दै एक सय भन्दा धेरै घरगोठ जलेर नष्ट भएको छ भने लाखौको क्षति भएको छ ।जिल्लाको शिवराज नगरपालिका १०सितलापुर मा चैत्र ३० गते भण्डै ६० घरगोठ जलेर नष्ट भएका थिए । सानो लापरवार्हिले गाउ नै सखाप भएको छ । अग्नि पिडितहरु खुल्ला आकाश मनि वस्न वाध्य रहेका छन ।मधेशि समुदायको वाहुल्यता रहेको सितलापुरमा अहिले पिडितहरुलाई के खाने र कहा वस्ने भन्ने चिन्तामा रहेका हुन्छन । विद्यालयमा पढ्ने वालवालिकाहरुका किताव कपि नै जलेपछि झनै पिडित भएका छन ।आगलागि वाट २२ वाख्रा जलेका थिए
त्यस्तै कपिलवस्तुकोे शुद्धोधन गाउपालिका,– ५ साविक हथिहवा गाबिस वडा नं. ७ शिवपुरमा वैसाख १५ गते दिउसो भएको आगलाीमा एक बालकको मृत्यु भएको छ । शिवपुर गाउमा भएको आगलागीमा स्थानीय ओम प्रकाश कुर्मीकोे २ वार्षिया छोरा श्यामको जलेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक प्रहद अधिकारीले बताए । दिउसो ३ बजेतिर भएको आगलागीबाट गाउका ७ घर समते जलेर नष्ट भएका छन ।