बैशाख १४, काठमाडौं । संघीय गठबन्धनका नेताहरुसँगको बैठक बालुवाटारमा सम्पन्न भएको छ । संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनु भएको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।