काठमाडौं – रिब दुइृ महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङएजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो ।उद्धार टोलीले उत्तरी धादिङको रुबीध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो ।
उद्धार टोलीले खोँचमा खसेर एक जना बेहोस र अर्का एकजना मृत अवस्थामा उनीहरुलाई फेला पारेको हो । बेपत्ता २१ बर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेका थिए भने १९ बर्षीया लिउ चेन चुनको शव फेला परेको थियो ।
वेपत्ता भएको ५५ दिनपछि पर्यटकलार्इ बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनारको ओढारमा स्थानीयले फेला पारेका हुन्। परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारेका हुन्।
स्थानीयले खबर गरेपछि युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका पर्यटकलार्इ सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गरेका हुन्। उहाँहरु सिम्रिक एयरका लङलाइट रेस्क्यु विषेशज्ञ हुन्।
धादिङको तिप्लिङलगायतका उत्तरी क्षेत्रको दुई हजार मिटरसम्म हिमपात हुदाँ पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेका थिए। राटोपाटीबाट