तुलसीपुर , १३ वैशाख । सन्त निरंकारी मन्डल दाङ शाखाले विश्व मानव एकता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । रगत नालिमा होइन नाडिमा वगाउ भन्ने मुल नाराका साथमा मन्डलका ३३ जनाले रक्तदान गरेको सचिव राकेश डिसीले वताउनु भयो ।
उक्त रक्तदान कार्यक्रममा वोल्ने वक्ताहरुले मानिसहरुले ज्ञानको अभावमा रगत त्यसै खेर फालिरहेको वताउदै रगत दान गरेर मानिसको ज्यान जोगाउनका लागि सवैले चासो दिनुपर्ने कुरा व्यक्त गरेका थिए ।