बैशाख १०, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धन बीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ ।
प्रचण्डले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको भन्दै अब सम्पूर्ण रुपले निर्वाचनमा होमिन नेताहरुलाई निर्देशन दिनुभएको छ । बैठकले सरकार र सङ्घीय गठबन्धन बीच भएको सहमतिलाई अक्षरंश कार्यान्वयन गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।