Indrenionline.com

निर्वाचन र संशोधनमा सरकार र संघीय गठबन्धनबीच सहमति

ghaderi bikrimaबैशाख ९, काठमाडौं । शनिबार दिनभर बसेको सरकार र संघीय गठबन्धन बीचको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर छलफल चलेको थियो । बैठकमा सरकारद्धारा संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित पारित गर्ने सहमति भएको छ ।

Prime Minister Pupakamal Dahal and other leader from alliance party sits in meeting with Madhesi leader at Singh Durbar on Friday, August 05, 2016.

सहमतिअनुसार सीमाङ्कनको विषय अधिकार सम्पन्न संघीय आयोगले अन्तिम टुङ्गो लगाउने, भाषाका विषयमा भाषा आयोगको सिफारिसलाई संविधानको अनुसूचिमा राख्ने, नागरिकताका विषयमा सरकारले संसदमा पेश गरेको प्रस्तावलाई अघि बढाउने, मधेशमा जनसंख्यालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्र र स्थानीय तहको संख्या बढाउने सहमति भएको छ ।

बैठकमा सरकारद्धारा बैशाख ३१ गतेका लागि घोषणा गरेको मितिमै पहिलो चरणको स्थानीय तहको निर्वाचन गर्ने तोकिएकै मितिमा गर्ने सहमति भएको छ । दोस्रो चरणको निर्वाचनको मिति निर्वाचन आयोगसँगको परामर्शमा सरकारले तोक्ने सहमति पनि बैठकले गरेको छ । सहमतिसँगै संघीय गठबन्धनले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् ।

सरकार र संघीय गठबन्धन बीच भएको सहमति आइतबार बस्ने मन्त्रीपरिषदको बैठकले अनुमोदन गर्नेछ । निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति सरकारले तोक्ने र सहमति अनुसार संविधान संशोधन प्रस्ताव द्रुत मार्गबाट पारित गर्ने सहमति पनि बैठकले गरेको छ । शनिबारको सहमतिसँगै राजनीतिक गतिरोध पूर्णतः अन्त्य भई मुलूक निर्वाचनमा होमिएको नेताहरुले प्रतिक्रिया दिनुभएको छ ।