माधव बेल्वासे
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ वाट वडा अध्यक्ष पदको लागी पत्रकार राजु खराल देखा परेका छन । खराल सम्रग युवाहरुको नेतृत्व गर्दै आएका एक जुजारु युवा नेता हुन । राजनितिमा नेपालि काग्रेसको भातृ संगठन नेपाल विधार्थी संघवाट राजनिति यात्रा सुरु गरेका खराल नेपाल तरुण दल हुदै काग्रेसवाट सफल र युवा उम्मेदावरको रुपमा देखा परेका छन । जिवनको एक दशक पत्रकारिता पेसामा विताएका नेता खराल जनप्रिय व्यतmीको रुपमा स्थापित छन ।
थारु , मधेशि , मुस्लीम र पहाडीया समुदायमा लोकप्रिय रहेका खरालले चुनाव लडने भएपछि उनका सर्मथकले जित्ने दावि गरेका छन । पछिल्लो संरचना अनुसार राज्यको संघिय कानुन राम्रो संग वुझेका खरालले निर्वाचनवाट विजय हासिल गरेमा जनताको काम सजिलै संग हुने विश्वास लिएका छन । अन्य राजनैतिक दलले पनि राजु खराल राम्रो उम्मेदावर भएको वताउने गरेका छन ।
यता उम्मेदावर खरालले आफनो उम्मेदावरी विकास र समृद्धिको लागी भएको वताएका छन । म एक दशक पत्रकारिता गरेको ब्यक्ती हुं त्यो पेशामा रहदा मैले जनताका धेरै समस्याहरु नजिकवाट नियाल्ने मौका पाए , जनता जहिले पनि छिटो , छरितो आफनो काम वनोस भन्ने आसामा रहेका हुन्छन र आफनो गांउ ठाउको विकास खोजिरहेका छन । जनताको त्यो चाहाना पुरा गर्ने र जनताको काममा समर्पित त हुने ईच्छा जागेकोले चुनावमा भाग लिदै छु । जनताले मलाई जिताउनको लागी हरदम प्रयास गर्नुहुनेछ भन्ने मलाई विश्वास लागेको छ ,खरालले भने ।
राजनितिमा नेविसंघको सदस्य हुदै जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि , तरुणको दलको जिल्ला उपाध्यक्षमा र प्रेस युनियनको जिल्ला अध्यक्षको लागी समेत निर्वाचन लडेका नेता खराल आफनो पार्टिवाट वडा न ३ को लागी सक्षम उम्मेदावर भएको नेपाली काग्रेसले वताएको छ । धेरैले आसा गरेका खरालको नतिजा कस्तो आउने हो । त्यो त आगामी निर्वाचनले वताउने नै छ । तर पनि सवैको विश्वासिलो पात्र भएकाले चुनावको नतिजा उनकै पक्षमा आउने अडकल वाजि गर्नेको कमि छैन ।