स्थानीय निर्वाचन नजिकीँदै गर्दा दलहरु उम्मेदवार चयनमा ब्यस्त बनेका छन् । उनिहरुले बताए अनुसार उम्मेदवार चयनको प्रकृया झण्डै अन्तिम अन्तिम चरणमा पुगेको छ । उम्मेदवारका लागि ‘एकसेएक आकांक्षीबाट उम्मेदवार चुन्न अहिले दलहरुलाई सकस समेत परिरहेको छ । लामो समय सम्म पार्टी राजनीतिमा सकृय नेताहरुको चुनावी ‘रेस’स्थानीयतहमा ब्यापक देखिएको छ ।
लामो समयसम्म राजनीतिमा रहेका माओवादी द्वन्द्वको समयमा समेत माओवादीको निशानाबाट जोगिएको नेता हुन् न्यौपाने । उनका बुबा जुद्द बहादुर न्यौपाने ०१५ सालको निर्वाचनमा एमपी निर्वाचित र ०५०मा सांसद् पनि भएकोले अहिले उनको विरासत थाम्न आएका उनका छोरा भरतले टिकट पाउने सम्भावना बढि रहेको चर्चा हुने गरेको छ । न्यौपाने आफैं पनि ०४८ सालदेखि कांग्रेसको महासमिति सदस्य, क्षेत्रीय सभापति लगायत पदमा विजयी हुँदै आएका छन् ।
उनका लागि २०५६ मा ०६४ र ०७० मा क्षेत्रबाट सांसद्को लागि सिफारिस गरिएको भएपनि उनले टिकट पाएका थिएनन् । त्यस्तै, काँग्रेसबाटै मेयरको लागि आकांक्षा देखाउनेहरुमा अर्जुन श्रेष्ठ पनि चर्चित अनुहार हुन् । ०५४ सालमा उपमेयर बनिसकेका उनी पनि अहिलेको स्थानीय निर्वाचनमा मेयरको टिकट पाउन सक्ने सम्भावित उम्मेदवार मानिन्छन् । उनीहरुबाहेक पनि अहिलेका पार्टीका क्षेत्रीय सभापति भूपबहादुर डांगीको पनि नाम चर्चामा छ । वृकेश्वरी गौतम, पूर्व महासमिति सदस्य रण ब। पछाईँ लगायतले मेयरको लागि उम्मेदवारी दिन आकांक्षा देखाईरहेका छन् ।
उनका अलावा २०४९ सालको स्थानीय निकायको निर्वाचनमा मेयर बनिसकेका अमर डाँगीले पनि फेरि मेयरकै लागि आकांक्षा देखाएका छन् । सांसद्को टिकट पाएर पनि सांसद् बन्न नसकेका लक्ष्मण आचार्य पनि यस पटक उपमहानगरपालिकाको मेयर बन्न लालायित रहेका छन् । यो उपमहानगरपालिका बनेपछिको पहिलो निर्वाचन भएकोले पनि यसमा धेरैको आकांक्षा रहेको हो ।
त्यस्तै, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओबादी केन्द्रबाट निर्मल आचार्यको नाम चर्चामा रहेको छ । उनले ०७० सालको निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट सांसद्को टिकट पनि पाएका थिए । यसरी जिल्लाको सबै क्षेत्रमा नेपाली काँग्रेसले जितेको दाङमा स्थानीय निर्वाचनमा भने कसले बाजी मार्ला भन्ने कुरा चर्चाको विषय बनेको छ । यसमा काँग्रेसले बलियो उम्मेदवार नउठाए बाजी मार्ने दाउमा एमाले कुरेर बसिरहेको स्थानीयले बताउने गरेका छन् । अहिले एमालेले पनि आफ्नो पकड बढाउँदै लगेको स्थानीयहरुको बुझाई रहेको छ ।