रुकुम, ८ वैशाख । यहाँ एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ ।
झगडा भएपछि सार्की र उनकी श्रीमती कमला सार्कीले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयवासीको भनाइ छ । हत्यामा संलग्न अभियुक्त निर्मल सार्की र कमला सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, सल्लेमा ल्याइएको छ । रासस