Indrenionline.com

एसएलसीको रिजल्ट असार १० भित्र आउने

SLC-Resultकाठमाडौँ – परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ ।

कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले भने, “हामीले असारको १० गतेभित्रमा नतिजा निकाल्ने तयारीका साथ काम गरिरहेका छौँ ।”

slc (6)उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण सकाएर अहिले प्राप्ताङ नम्बरको तथ्याङ्क भर्ने कार्य भइरहेको छ । “अहिलेसम्म ७० प्रतिशत तथ्याङ्क भर्ने काम सकिएको छ” उनले भने, “अब ३० प्रतिशत मात्र बाकी छ । त्यो काम पाँचदेखि सात दिनभित्रमा सकिन्छ ।”

पनिकाले यस वर्षदेखि प्राप्ताङ नम्बर नभएर अक्षराङ्कन प्रणाली (ग्रेडिङ)मा परीक्षाफल प्रकाशित गर्दैछ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए ।
उनका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि १० प्रतिशत ल्याउनेलाई इ अक्षराङ्कनमा राखिएको छ ।

परीक्षामा नियमित र एक्जाम्टेडतर्फ ६ लाख १२२ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४० हजार ६४९ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४७३ परीक्षार्थी सहभागी भएका थिए । चैत १८ गतेबाट सुरु भएको परीक्षामा प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागी भएका छन् ।